पढ्न करिब 2 मिनेट लाग्छ

चैत २०, काठमाडौं । मंगलबार एकाएक गायिका अञ्जु पन्त आँधी प्रभावित बारामा राहतको नाममा धर्म प्रचारमा गएको खबर सामाजिक सञ्जालमा फैलियो । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायिका अञ्जुलाई गालीगलौज गरिररहेका छन् ।

तर, भाइरल बनेको उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताब–कापी भएको खुलेको छ ।

गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई पन्तले निःशुल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिइन् ।

त्यही फोटोलाई अहिले सामाजिक प्रयोगकर्ताहरुले गलत प्रचार गरेको पाइएको छ । जुन कुराको अञ्जु पन्तले नै गएको डिसेम्बर ५ मा आफ्नो फेसबुक पेजमार्फत यो तस्बिर सार्वजनिक गरेबाट पुष्टि हुन्छ ।

तर सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत हल्लाको पछि लागेर हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गर्न पुगेका छन् ।

हिन्दुवादी पार्टी राप्रपाका अध्यक्ष उनले अञ्जु पन्तलाई नै लक्षित गर्दै ट्वीटरमार्फत भनेको छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ । यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु ।’

आफ्नै नामबाट अञ्जु पन्त फाउन्डेसन स्थापन गरेर पछिल्लो समय सामाजिक काममा सक्रिय पन्त केही पहिले हिन्दू धर्म त्यगेर क्रिस्चियन बनेकी थिइन् । त्यसयता उनको विभिन्न समयमा क्रिश्चियन धर्मको प्रचारमा लागेको भन्दै आलोचना समेत हुँदै आएको थियो । यही क्रममा यो पटक भने गलत ढंगले प्रचार भएको पाइएको हो ।