Skip to content
Friday, July 17, 2026 Nepali Online Media

व्यापारी सुवास श्रेष्ठ पुनः पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २३, काठमाडौं । त्रिभुवन विमानस्थलमा अवैध डलरसहित पक्राउ परेर एसएसपी सन्दिप भण्डारीको रोहबरमा छुटेका व्यापारी सुवास श्रेष्ठ पुनः पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो ठूलो परिणाममा अवैध डलर बोकेर थाइल्याण्ड जाँदै गरेका श्रेष्ठलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको केही बेरमा ‘कानुन नबुझी किन पक्राउ गरेको ?’ भन्दै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) भण्डारीले उनलाई रिहा गर्न आदेश गरेका थिए ।

तर, श्रेष्ठलाई रिहा गरेको कुरा सञ्चार माध्यममा चुहिएपछि उनलाई पुनः नियन्त्रणमा लिइएको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिवार विहान ७ बजे सञ्चार माध्यममा प्रेश रिलिज पठाएर सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएको छ ।