२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलबाट २ नाबालकसहित एकै परिवारका ५ जना पक्राउ

२०७५, २३ चैत्र शनिबार ०६:५०

चैत २३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये २ नाबालक छन् ।

थाइ एयरबाट शुक्रबार दिउँसो १३:४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ नेपालीलाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए । काठमाडौं महानगरपालिका–७ मित्रपार्कका उनीहरु थाई एयरको फलाइट नं. टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै थिए ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ । श्रेष्ठ त्रिभुवन विमानस्थलभित्रका व्यवसायी भएको बताइएको छ ।

पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी सुरक्षा कार्यालयले गरे पनि नाबालकको हकमा के गर्ने भन्ने कानूनी जटिलता उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल