पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २६, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनअघि अस्वस्थ भएपछि नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । <br></p><p>नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।</p><p>नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो । </p>

