पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २७, काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । <br></p><p>स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने बुधबार सामान्यतया सफा रहने उहाँले बताउनुभयो । यसैबीच पश्चिमी तराइमा भने गर्मी बढेको छ । केही दिन मौसम बद्ली हुने सम्भावना नभएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको हो । </p><p>मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ८ र धनगढीको ३५ दशमलव २ डिग्री सेल्सियस पगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईमा अबको केही दिन तापक्रम केही बढ्न सक्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । </p>

