Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चोरी कार्यमा संलग्न रहेका ६ जना काठमाडौंबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २७, काठमाडौं । काठमाडौंबाट चोरी कार्यमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोंगबु बस्ने रामेछाप देउराली नगरपालिकाका २२ वर्षीय दिपक थपामगरसहित ६ जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।<br></p><p>काठमाडौं महानगरपालिका-७ बन्जला पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको ना.६ ख १४८७ नम्बरको बसका २ थान टायर चोरी गरी फरार भएका उनीहरुलाई प्रहरीले चन्द्रागिरी नगरपालिका-१० तीनथानामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>