Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विष्णु पौडेलको वक्तव्य: नवलपरासीको जग्गा बेचेर बालुवाटारमा ८ आना किनेको हो !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ६, काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट पारेका छन् । उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने जनाएका छन् ।

जग्गाको विषयलाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार साँझ वक्तव्यमार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका हुन् । असोजमा बर्दघाटको जग्गा बेचेर पुसमा बालुवाटारमा जग्गा खरिद गरिएको उनले बताएका छन् ।

महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको जनाएका छन् ।

उनले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा बनाएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत र समर्थन गरेका छन् ।

पौडलले विज्ञप्तिमा भनेका छन् ‘यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस र छानविनका निष्कर्षहरु कार्यन्वयन होउन् भन्ने अपेक्षा गर्दछु । र राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरुप्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाएका आरोपहरु पुष्टिगर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु साथै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुनेछन् ।’

महासचिव पौडेलले आफू मन्त्री सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको प्रष्ट पारेका छन् ।