२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा बन्द अवज्ञा गर्नेलाई लक्षित विप्लव समूहको धम्किपूर्ण पर्चामा के छ ?

२०७६, १३ जेष्ठ सोमबार ०३:३६

जेठ १३, काठमाडौँ | विप्लब समूहको नेपाल बन्दको कारण आज देशभर अधिकांश जिल्ला तथा सहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । विप्लब नेतृत्वको नेकपाले आफ्नो युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोध स्वरूप आज घोषणा गरेको नेपाल बन्दले अन्य बेलामा नछुने उपत्यकालाई समेत प्रभावित बनाएको छ ।

त्यसो त काठमाडौँका बिभिन्न स्थानमा आइतबार अपराह्न बम बिष्फोट हुँदा ४ जनाको मृत्यु भएकोछ त्यस्तै केहि घाइते समेत भएका छन् । 

आइतबारनै कोटेश्वरबाट बम राख्ने तयारीमा रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

विप्लब पार्टीले बन्दको अवज्ञा गरे जनकारबाही गर्ने सहितको चेतावनी सहितको पर्चा आइतबार उपत्यकाका बिभिन्न स्थानमा फेला परेको थियो । नेपाल कम्युनिष्ट पार्टी उपत्यका विशेष ब्युरो उल्लेख पर्चामा राज्य आतंक र नागरीक हत्याको विरुद्ध जेठ १३ गतेको नेपाल बन्द सफल पारौ भन्दै चारबुँदे अपिल गरिएको छ ।

अपिलमा निम्न कुरा उल्लेख गरिएको छ: 

१) फासीवादी सरकारको दमन र राज्य आतंङकको प्रतिरोध गरौँ ।

२) सम्पुर्ण शैक्षिक संस्था, कार्यालय, उद्योग, कलकारखाना पुर्ण रुपले बन्द गरौँ ।

३) सार्वजनिक तथा निजि यातायात, सवारी साधन बन्दको दिन नचलाऔं ।

४) नेपाल बन्दको अवज्ञा गरिएको भेटिएमा उचित समयमा जनकारवाहीको सामना गर्नुपर्नेछ ।


भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको थियो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा गत मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

घाइते घिमिरेको उपचारको क्रममा जेठ ८ गते बिहान ३:३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध गरेपछि घिमिरेलाई उपचारको लागि धरान पुर्याउन ढिला भएको प्रहरीले बताएपनि विप्लब समूहले भने प्रहरीले जानी-जानी हत्या गरेको आरोप लगाएको छ । घिमिरेलाई गोली लागेको स्थानबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लागेको थियो, त्यसपछि भैँसीपङ्खामा सडक अवरोध भएपछी च्याङ्ग्रेबाट एम्बुलेन्स मगाएर अस्पताल पठाइएको थियो । बिभिन्न कारणले घिमिरेलाई अस्पताल पुर्याउन समय लागेको कारण धेरै रक्तश्राव हुँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा