पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १३, नयाँ दिल्ली, (रासस-सिन्ह्वा) । भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ ।

भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ ।

गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।