२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

२०७६, १९ जेष्ठ आईतवार ११:३३

जेठ१९, बेरुत । इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् ।

सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ ।

बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु रहेका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताउनुभएको छ ।

उहाँले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट गर्नुभयो ।

इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको थियो । यी आक्रमणहरु मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकू विरुद्ध केन्द्रित छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह