२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजु बाइसधारामा आकर्षण बढ्दो

२०७६, २२ जेष्ठ बुधबार १०:४४

 कति दिनपछि आज मैले बालाजी देख्याँ

पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ

वरिपरि लहरामा भुलिबस्न्या चरा छन्

मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य)

जमुना धमला, जेठ २२, काठमाडौँ । पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन आउने अवलोकनकर्ता अत्यधिक रहेको बताउनुभयो । 

उहाँका अनुसार अव्यवस्थित शहरीकरणको कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेका अवस्थामा बाइसधारा उद्यानले युवाको मन जित्न सफल भएको छ । उद्यानमा माया साट्न आउने मायालु युवा जोडीको आगमनले थप सौन्दर्य थपेको छ । “यहाँको स्वच्छ, सफा वातावरणले थाकेको मनलाई पनि आनन्दित बनाउने छ ।” माछापोखरीबाट घुम्न आउनुभएका ज्योति तामाङले भन्नुभयो ।  

त्यस्तै नागार्जुनबाट आउनुभएका अनिल थापा उद्यानले युवा पुस्तालाई मनोरञ्जन दिने काम गरेको बताउनुहुन्छ । “यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरिथरी फूलको सुगन्धले सारा दुःख नै भुल्छु ।” 

बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको एैतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।  

विसं २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सन् १७३६ मा सो क्षेत्र जताततै पानीले जलमग्न भएको कारणले गर्दा पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा हात्तीको मुखाङ्कित २१ ढुङ्ेधारा निर्माण गरेका थिए । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरु ठूलो धारा थपी बाइस धारा पु¥याएका थिए । त्यसपछि सो स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो । 

धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचूडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्छ ।  चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै शरीरका सारा रोगव्याधि हराउँछन् भन्ने विश्वासका साथ लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन् । 

आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडोँ आउने क्रममा जब बालाजु देखे तब रमाएर कविता नलेखी बस्नै सकेनन् । विसं २०५१ को भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि  आचार्यको शालिक स्थापना गरियो ।  बालाजु उद्यान साहित्यकर्मीका लागि पनि त्यत्ति२कै महत्वपूर्ण तीर्थस्थल हो । त्यसै गरी नेपाली महिलाको महान ्पर्व तीजमा पनि हजारौँ महिला त्यहाँ दर्शनका लागि आउने गर्छन् । विभिन्न धर्मावलम्बीले पुज्ने मन्दिरसँगै बौद्ध गुम्बा पनि रहनाले यहाँका बासिन्दाका बीचमा धार्मिक सद्भाव तथा सहिष्णुता रहेको पाउन सकिन्छ । 

उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि आउनेहरु पनि त्यत्तिकै छन् । उद्यानमा प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ७५, नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु २५ र विद्यार्थीका लागि रु १५ कायम गरिएको छ । उद्यानमा म्युजिक भिडियो छायाङ्कनका लागि रु १० हजार तथा विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार शुल्क निर्धारण गरिएको छ । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था छ ।   उक्त उद्यानमा आर्थिक वर्ष २०७४ ÷०७५ मा रु ४७ लाख २७ हजार ५०० सर्वसाधारणबाट, रु ५५ लाख ६ हजार  ५०० विद्यार्थीबाट, रु  ३१ हजार ९५० विदेशी नागरिकबाट शुल्क उठेको कार्यालयले जनाएको छ । आव २०७५ ÷७६ मा पनि अवलोनकर्ता आउने क्रम बढिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा