पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३१, कास्की । नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन चकित बन्यो जब कारोबार कागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँको बयनामा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

कारगारभित्रै चिनजान भएका पवनकुमार र उदयकुमारले लागूऔषध कारोबारको योजना तयार गरेको बारेमा आजको कान्तिपुरमा समाचार छ । भारतबाट आयत हुने लागूऔषध पवनकुमारकी श्रीमतीले भैरहवाबाट पोखरा सप्लाई गर्ने र उदयकुमारकी श्रीमतीले कास्कीमा त्यसको व्यापार गर्ने गरेको प्रहरीले लिएको बयानबाट खुलेको हो ।