Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शनिबार र आइतबार मनसुन अति सक्रिय हुने, आगामी २४ घण्टाका लागि चेतावनी

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असार २७, काठमाडौँ | आज काठमाडौँ लगायत देशभरी बर्षाको प्रभाव रह्यो । मौषमविदहरुका अनुसार हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू- भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय मौषमविदहरुले जनाएका छन् ।

असार २८ गते (शनिबार)

सनिबार दिउँसो देशभर वर्षा जारी रहने सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ ।

त्यस्तै सनिबार राति देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ । पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ । देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९ गते (आईतबार)

आइतबार दिउँसो देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा समेत हुने सम्भावना छ ।

त्यस्तै आईतबार राति देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा को सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्यका भू-भागका तराई र  पहाडका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै काठमाडौँ महानगरपालिका–१४ स्थित महानगरीय प्रहरी प्रभाग कलङ्कीमा बाढी पसेको छ । तस्वीर: रोशन सापकोटा