Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ४, नयाँ दिल्ली,रासस/एएन्आई । भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यका पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको  छ । उहाँ ८१ बर्षको हुनुहुन्थ्यो ।

दीक्षितको पारिवारिक श्रोतका अनुसार भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ बर्ष नेतृत्व सम्हालेकी उहाँको एक नीजि अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो ३ः५५ बजे निधन भएको अस्पतालले जानकारी दिएको बताइएको छ ।

दीक्षितलाई केही दिन पहिले स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले फोर्टिस एस्कोर्ट्स अस्पतालमा भर्ना गरिएको थियो ।

दीक्षित कङ्ग्रेसका पूराना नेता उमाशंकर दीक्षितकी बुहारी हुनुहुन्थ्यो भने भारतको केन्द्रीय मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हाल्नुभएकी सफल नेतृ रहेको कङ्ग्रेसका नेताहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

दीक्षितको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रतिपक्षी दलका नेताहरू सोनिया गान्धी, राहुल गान्धीलगायतले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।