२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्मिताको बयान: शालिकरामसँग प्रेम, विवाहित रहेको खुलेपछि दरार, रविलाई भनिदिन आग्रह

२०७६, ९ भाद्र सोमबार ०८:०२

भदौ ९, काठमाडौँ | पत्रकार शालिकराम आत्महत्या प्रकरणको तीन आरोपी मध्ये अस्मिता भनिने रुकु कार्कीको बयानबाट अस्मिताले शालिकरामसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेकी अस्मिता कार्कीले शालिकराम पुडासैनीसँग प्रेम सम्बन्ध स्वीकार गर्दै शालिकराम बिबाहित रहेको थाहा पाएपछी टाढिएको बयान दिएकी छन् ।  

उनले दिएको बयान अनुसार शालिकरामले बिबाहित हुँदाहुँदै आफूलाई धोका दिएको बयान दिएकी छन् । शालिकराम बिबाहित रहेको असलियत खुलेपछि अस्मिता टाढिन चाहेपनि शालिकरामले फोन गरी दुःख दिएको र न्युज २४ का क्यामेरा पर्सन अनिल ढुंगेललाई भेटि यसबारे जानकारी गराएको बयानमा उल्लेख छ । 

ढुंगेलमार्फत अस्मिताले आफूलाई शालिकले दु:ख दिएको कुरा रवि लामिछाने समेतलाई जानकारी गराइदिन आग्रह गरेको र शालिकसंग  भएको कुराकानीको फेसबुक म्यासेजका केही स्कृन-सटहरु समेत अनिललाई दिएको उल्लेख छ । 

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी हतोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा उल्लेख छ । 

अस्मिताको बयान अनुसार सोही कारणबाटै शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै