२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

२०७६, १० कार्तिक आईतवार १४:०५

कात्तिक १०, बैतडी । जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् । 

दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका एक जना मात्रै कार्यरत छन् । आठौँ तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालिरनुभएको छ । उहाँको पनि सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने हुन्छ । सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने चिकित्सक बिष्टले बताउनुभयो । अहिले पनि छात्रवृत्ति करारका चिकित्सकबाट सेवा सञ्चालन भइरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर महिलाको बच्चा जन्माउने जटिल प्रसूति सेवा पनि सञ्चालनमा छ । सो सेवा निरन्तरताका लागि स्त्रीरोग विशेषज्ञ हुनुपर्ने हुन्छ ।

डाक्टर बिष्टको सरुवा भएमा सो सेवा पनि बन्द हुने अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा विभिन्न प्रकारका बिरामी आउने भए पनि जनशक्तिको अभावमा सेवा दिन गाह्रो भइरहेको छ । यस्तै केही महीनादेखि चिकित्सकविहीन बनेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर दरबन्दी पदपूर्ति भएको छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवपरीक्षण गर्नसमेत सकस हुने गरेको छ । यस्तै चिकित्सकको अभावमा एक्स¬–रे, इसिजी लगायतका सेवाहरु पनि बन्द भएका मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता