पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २४, काठमाडौं । नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो ।

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ ।

मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगातका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।