Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ३, काठमाडौँ । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ ।&nbsp;</p><p>त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।&nbsp;</p><p>होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ । यस्तै बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य रु १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ बराबरको रहेको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् ।&nbsp;</p>