२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारी: आगामी तीन बर्षसम्म कतार र युएईबाट माग बढ्दै

२०७६, ९ मंसिर सोमबार ०९:०४

मङ्सिर ९, काठमाडौँ | आफ्नो देशमा रोजगारीको अवसर नपाएपछि नेपालबाट बैदेशिक रोजगारीमा जान युवाहरु बाध्य छन् । यसै सन्दर्भमा अबको तीन बर्षसम्म बैदेशिक रोजगारीमा कतार र युएईमा पहिलेको तुलनामा भन्दा बढी कामदारहरुको माग हुने बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् । 

युएईमा हुन लागेको दुबई एक्स्पो २०२० को लागि बिदेशी कामदारको माग बढेको र कतारमा २०२२ मा हुने विश्वकपका लागि बिदेशी कामदारको माग बढ्ने बताइएको छ । यी दुई देशबाट बिशेष गरि होटल लाइन र क्लिनर पदमा रोजगारीको लागि बिदेशि कामदारको माग हुने म्यानपावर व्यवसायीहरुले जानकारी दिएका छन् । कतारमा हुन लागेको विश्वकपको लागि सुरक्षाकर्मीको ठूलो शंख्यामा माग आउन सक्ने आंकलन गरिएको छ । पछिल्लो समय युएइ र कतारबाट होटल लाइनमा अन्य समयको तुलनामा माग बढ्दै गएको बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् । 


एक म्यानपावर व्यवसायीका अनुसार नेपालबाट कतार र युएईमा बर्षेनी ठूलो शंख्यामा नेपाली कामदार गईरहेकाले अबको अवसर पनि नेपालीहरुकै लागि हुने बताए । उनले यसै अवसरलाई सदुपयोग गर्न २०२२ सम्म आफूले म्यानपावर व्यावसाय गर्ने र त्यसपछि छाड्ने सोच बनाएको बताए । ति व्यवसायीले नेपाली कामदारलाई सम्बन्धित देशहरुले अन्य देशका कामदार भन्दा राम्रो मानेकाले पनि नेपाली कामदारहरुले उक्त अवसर पाउन सक्ने बताए । विदेशबाट नेपालीहरुको बिभिन्न पदमा माग भएपनि नयाँ कामदारका रुपमा म्यानपावर धाउने युवाहरु सम्बन्धित काममा दक्ष नभईदिँदा समस्या भईरहेको ति व्यवसायीले बताए । कतार तथा युएईका ठूला होटलहरुबाट माग आउँदा अन्तर्वार्ता लिन आएका सम्बन्धित कम्पनीका अधिकारीहरुले खोजेजस्तो कामदार फेला पार्न नसकिएको भन्दै गुनासो गर्ने गरेको उनको भनाई छ । 

नेपालबाट बैदेशिक रोजगारीको क्रममा दुईतिहाई भन्दा बढी कामदार सिप नसिकी बैदेशिक रोजगारीमा जाने गरेको कारण आकर्षक तलब र सुविधा पाउन नसकेको बुझिएको छ । यसै बिषयलाई ध्यान दिंदै बैदेशिक रोजगार विभागले गत असार १५ देखि बैदेशिक रोजगारीमा जाने युवाहरुलाई अनिवार्य सिपमुलक तालिम लिनुपर्ने नीति लिएपनि बिबिध कारण हालसम्म उक्त नीति लागु हुन सकेको छैन । 

सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम ३० दिने (१६० कार्यघण्टा) सीपमूलक तालिम अनिवार्य लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको थियो । तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने अधिकारीहरुको निष्कर्ष थियो । 

कुनै सिप नसिकी बैदेशिक रोजगारीमा युवाहरु जाँदा त्यसको प्रत्यक्ष असर देशको रेमिट्यान्समा र बैदेशिक रोजगारीमा गएको व्यक्तिको जीवन निर्वाहमा समेत पर्छ । कुनै सिप, भाषा सम्बन्धि ज्ञान र कामको अनुभव भएको व्यक्तिले बैदेशिक रोजगारीका क्रममा राम्रो काम र तलब पाउने गरेको, नेपालबाट कम तलबमा गएपनि विदेशमा गएर पद बढुवा भई राम्रो कमाई गर्न सकेको तथा बिदेशमा दक्ष कामदारले स्वदेशमा फर्किएर आफ्नै व्यवसाय गर्न समेत तत्पर देखिएको अधिकारीहरुको भनाई छ । बिशेष गरि होटल/हस्पिटालिटि लाइन, निर्माण कार्य, सेल्स वा आईटि क्षेत्रमा युवाहरुको माग सर्वत्र भईरहेको र त्यस्ता सिप भएका युवाहरुले स्वदेशमै पनि बिभिन्न अवसरको सदुपयोग गर्नसक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु