२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला आयोग: निणर्य नभएपछि उजुरी न्यून

२०७६, २६ पुष शनिबार ०४:१५

पुष २६, काठमाडौँ | लामो समयसम्म पदाधिकारीविहीन हुँदा राष्ट्रिय महिला आयोगमा आउने उजुरीमा निणर्य हुनसकेको छैन । आयोग २०७४ असोज २९ गतेदेखि नै पदाधिकारीविहीन हुँदा महिला हिंसा वा अन्य उजुरीबारे निणर्य गर्न कठिन भएको छ । 

उजुरीमा कुनै निणर्य नभएपछि आजकाल आयोगमा उजुरी कम आउन थालेको छ । चालू आर्थिक वर्षको साउनमा १२१, भदौमा ९९, असोजमा ५१ र कात्तिकमा ५८ घरेलु हिंसामा उजुरी परेका छन् । त्यसैगरी साउनमा १९, भदौमा १५ र कात्तिकमा सात मात्रै उजुरी परेका छन् । असोज महिनामा भने कत्ति पनि उजुरी परेको छैन । पदाधीकारी नहुँदा उजुरीमा निर्णय हुनसकेको छैन । 

“पदाधिकारी नहुँदा काममा अप्ठ्यारो पर्नु स्वाभाविक हो, केन्द्रीय कार्यालयमा आफ्नो कार्यालय छैन, प्रदेश कार्यालय गठन भएको छैन, धेरै काम आयोगको बोर्डले नै गर्नुपर्ने भएकाले छिट्टै पदपूर्ति हुने अपेक्षा राखेका छौँ”, आयोगका सचिव दीपेन्द्र काफ्लेले भन्नुभयो ।

आयोगले प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूह गठन गरी सोही विषयमा केन्द्रित रही सुदूरपश्चिम प्रदेश, प्रदेश नं २ र गण्डकी प्रदेशमा सार्वजनिक सुनुवाइलगायतका कार्यक्रम भने सञ्चालन गर्दै आएको छ । पुराना उजुरीमा निर्णय नहँुदा उजुरीको चाङ बढ्दो छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता