२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी विमान भुलवश खसालिएको इरानी सेनाको स्वीकारोक्ति

२०७६, २६ पुष शनिबार १०:०९

पुस २६ (रासस/एएफपी) : इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । 

सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ । 

विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झुक्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ 

उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताउनु भएको छ । 

युक्रेनी अन्तर्राष्ट्रिय वायु सेवाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित १७६ नागरिकको मृत्यु भएको थियो । 

तेहरानबाट क्रिभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।

दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो । तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै आफैले त्यो भनाइ फिर्ता लिएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता