२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्यले समाजलाई रुपान्तरण गर्नुपर्छ – पूर्वप्रधानमन्त्री खनाल

२०७६, ११ माघ शनिबार १२:५८

माघ ११, काठमाडौँ (रासस) । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताउनुभएको छ । 

साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित ‘डिलको डोब’  उपन्यासको आज यहाँ सार्वजानिक गर्दै उहाँले  गीत, सङ्गीत र साहित्यले समाजलाई रुपान्तरण गर्ने हुँदा साहित्यले समाजको  यथार्थ पक्षलाई उजागर गर्नुपर्छ भन्नुभयो । 

“समाजवादका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “समाजको प्रतिविम्ब बनेर साहित्यले राष्ट्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।” 

लेखक महेश पौडेलले लेखकले शक्तिको बलमा महिलामाथि गरिने हिंसालाई छर्लङ्ग पार्नु खोजेको बताउनुभयो । पत्रकार यशोदा तिम्सिनाले महिला अधिकारका पक्षमा उपन्यासले सशक्त आवाज उजागर गरेको बताउनुभयो ।

 प्राज्ञ माया ठकुरीले समाजमा प्रतिष्ठित ठानिएका यौन दुराचारीलाई उपन्यासले नङ्ग्याएको टिप्पणी गर्नुभयो ।  उपन्यास श्रष्टा पराजुलीले पीडाको पराकाष्ठा मात्र नभएर पीडा बोकेकी नारीको सफलताको कथालाई व्यक्त गर्न खोजिएको बताउनुभयो । “हिंसालाई जितेर कसरी व्यक्तिगत सफलता हासिल गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएकी छु”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट