Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘नेपालको सडकमा एक खर्ब लगानी’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, काठमाडौं । सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ ।

स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ अर्ब (८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो ।

असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो लगानी जरुरी देखिएको विश्व बैङ्कले जनाएकोे छ ।

प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालका सडक व्यवस्थित तथा दिगो बनाउने एवं सडक सुरक्षा कार्यक्रममा पर्याप्त लगानी गर्न कञ्जुस्याइँ भइरहेको औंल्याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।