Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्री ढकालमा किन प-यो भ्रम ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, काठमाडौं ।‘यो मन्त्री हो कि म ? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग ।

तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए । आखिर मन्त्री ढकाल यूटर्न हुन किन र कसरी बाध्य भए ? र, जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो ?

मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरुको अगाडि लल्याकलुलुक भएर गले र कारवाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध स्वास्थ्यका कर्मचारी पदस्थापन गर्दा आर्थिक चलखेल गरेको चार्ज लाग्दै आएको छ ।

मन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेको तेस्रो दिन नेकपानिकट स्वास्थ्यमन्त्री कहाँ डेलिगेसनमा पुगेर श्रेष्ठले अन्याय गरेको दुःख बेसाएका थिए ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।