पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ७, एजेन्सी | </b>विश्व्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण हुने त्रासले श्रीलंकाकाले शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ |<br></p><p>राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन् | श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन् | देशमा महत्वपूर्ण सेवाहरु बाहेक सबै ठप्प हुने भएका छन् | </p><p>यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो | गत बिहीबार श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो | त्यस्तै भारतमा पनि जनता कर्फ्यू जारी गरिएको छ |</p>

