२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा थप एक जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि

२०७६, १० चैत्र सोमबार ०७:१७

चैत १०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ । 

उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो । उनि  ४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिइन । 

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो । 

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको थियो । अहिले उनी स्वस्थ भइसकेको बताइएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

यसै बिषयमा स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना