पढ्न करिब 1 मिनेट लाग्छ

चैत १२, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या तीन पुगेको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको अस्पतालले जनाएको छ । एक युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको हो।

ती युवा खाडी मुलुकबाट आएको जानकारी प्राप्त भएको छ । उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ। ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत छन्।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । दोश्रो पटक ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो ।