पढ्न करिब 1 मिनेट लाग्छ

चैत १३, काठमाडौँ | इराकको राजधानीमा बिहीवार सबेरै रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् ।

घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन् ।

इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन् । उनीहरू जिहादी विद्रोहीसँग लड्नका लागि इराकमा अमेरिकी नेतृत्वमा गठबन्धन सेनाको परिचालन गरिएको छ । तर पछिल्लो महिना उनीहरूको सङ्ख्या घट्दै गइरहेको जनाइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीका कारण उनीहरूको भूमिका समेत कमजोर भएको बताइएको छ ।

घटनामा परि मानविय क्षतिको विवरण प्राप्त भएका छैन । आक्रमणको जिम्मेवारी समाचार तयार पार्दासम्म कसैले लिएको छैन ।