२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल

२०७६, १४ चैत्र शुक्रबार १०:३९

चैत १४, काठमाडौँ  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ ।  

उहाँले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताउनुभएको छ । सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पु¥याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लक डाउन घोषणा गर्नु स्वाभाविक भएको र छिटपुट घटनाबाहेक यसलाई अधिकतम पालना गरेकामा उहाँले सबैलाई धन्यवाद दिनुभएको छ ।

ठूलो जोखिमबाट जोगिन वर्तमान कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न सभापति देउवाले सबैलाई अनुरोध गर्नुभएको छ । यसैगरी लक डाउनका कारण प्रायः सबै व्यवसाय बन्द स्थितिमा रहेको बेला खुद्रा व्यापारीदेखि ठूला व्यवसायीसम्मलाई असर पुगेको उल्लेख गर्दै उहाँले यसले राष्ट्रलाई दूरगामी असर पुग्ने भनी चिन्ता व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गर्नुभएको छ । 

साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन उहाँले सरकारसमक्ष अपिल गर्नुभएको छ । सभापति देउवाले साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको उल्लेख गर्दै सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले विश्व स्वास्थ्य सङ्गठनले सचेत हाँै भनेर अपिल गरेको महिनादिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीले अझै पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको विषय भएको उल्लेख गर्दै सरकारलाई यथाशीघ्र पिपिई, परीक्षण किट, आइसोलेशन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गर्नुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने