पढ्न करिब 1 मिनेट लाग्छ

चैत २०, काठमाण्डौ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज अत्यावश्यक सामग्री लिनको लागि चीनको ग्वान्झाउ गएको छ ।

नेपालका विभिन्न व्यापारीले मेडिकल र अन्य अत्यावश्यक सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेर ग्वान्झाउ लगेका हुन् ।

जहाज आजै राति नेपाल फर्कनेछ । बुधबार अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक बोकेर अस्ट्रेलियाको ब्रिस्बेननेपाल एअरलाइन्सको अर्को वाइडबडी पनि आजै राती १० बजेर ५५ मिनेटमा नेपाल आइपुग्ने तालिका छ । यस्तै मलेसिया एअरलाइन्सले नेपालबाट नर्वेका नागरिकको उद्दार गरेको छ ।

मलेसिया एअरलाइन्सले बिहीबार बिहान १ सय २२ जना नर्वेजियन नागरिक बाकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।