२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजन एण्ड भ्यालु ओभरसिजले प्रदान गर्यो कोरोना उपचार सामाग्री

२०७६, २८ चैत्र शुक्रबार ११:१३

चैत २८, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को उपचार सहजताका लागि भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.ले कान्ति बाल अस्पताललाई २५ थान पिपिई सहयोग स्वरुप उपलब्ध गराएको छ ।  शुक्रबार अस्पतालमै पुगेर पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सो अवसरमा पूर्वमन्त्री अधिकारीले अस्पताल आफैले आफ्नो आवश्यक्ता अनुसारको सामाग्री ल्याउन सक्नेगरी सरकारले बजेट व्यवस्थापन गरेर काम गर्नसके थप सहजता आउने बताए । 


सहयोग सामाग्री हस्तान्तरणका अवसरमा भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पदमराज पौडेलले कान्ति बाल अस्पतालमा कोरोना उपचारका लागि अत्यावश्यक पिपिइ सामाग्री ज्यादै कम भएको भन्ने थाहा पाएर आफ्नो संस्थाकोतर्फबाट तत्काल २५ थान पिपिई उपलब्ध गराइएको बताउँदै चाडै थप २५ थान उपलब्ध गराउने प्रतिवद्धता पनि जाहेर गरेका थिए । 

उनले यो महामारीमा थोरै भएपनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको र यस्तो समयमा सरकारले मात्र नभएर हरेक नागरिकले आफ्नो सामाजिक दायित्व निभाउनुपर्नेमा जोड दिए । पौडेलले कान्ति अस्पतालसँगै कास्कीको मादी, रुपा र माछापुच्छ्रे गाउँपालीका तथा अन्य सरकारी अस्पतालमा गरी ३ सय थान पिपिई सहायतावापत उपलब्ध गराउने बताए । 

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोभिड १९ को उपचारमा प्रत्यक्षरुपमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाकवचकोरुपमा रहेको पिपिई विश्वव्यापीरुपमै अभाव भएको अवस्थामा यस्ता सहयोगले उपचारमा थप सहजता र हौसला मिल्ने बताए । 


पौडेलले हाल अस्पतालमा ६२२ जना कर्मचारी रहेकोमा सरकार तथा संस्थागतरुपमा गरेर अहिलेसम्म २ सय थान पिपिई उपलब्ध भएको जनाउदै यस्तै सहयोगहरुले कोरोना उपचारका लागि अस्पताललाई थप सक्षम बनाउदै लैजानेमा आफु आशावादी रहेको बताए । 

अस्पतालमा हाल १० वेडको आइसोलेसन वार्ड, २ वटा अत्याधुनिक कक्ष तथा १५ वटा क्याविन तयारी अवस्थामा राखिएको र यदि आवश्यक्ता परेमा तत्काल कुनै वार्ड नै खालि गरेर प्रयोगमा ल्याउन सकिने र क्षमता बढाउन सकिने पनि अस्पतालका निर्देशक पौडेलले बताए । 

वैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित तथा आकर्षक कामका लागि नेपाली कामदारहरुलाई पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले स्वदेशमा आइपरेका विभिन्न विपतहरुमा यसरी नै सहायता उपलब्ध गराउदै आइरहेको छ । यसका साथै आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक गतिबिधी गर्दै आएको संस्थाले केहि समय अघि मात्र कोरोना संक्रमित विरामीलाई लक्षित गरी रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना