पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३०, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या २१७ पुगेको छ | आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सहित आज एकै दिन नेपालमा कोरोना संक्रमितको शंख्या ८३ जनामा संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार काठमाडौं र भक्तपुर लगायत विभिन्न जिल्लाका समेत गरी २६ जना थपिएका.छन् |

मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।