साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समू"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीको ‘कु’बारे नेपालीको लाइभ-‘भिडन्तमा धन्न बाँचियो’

२०७३, ५ श्रावण बुधबार ०२:०१


साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समूहले गरेको असफसल कूको समयमा इस्तानबुलको आइबिस होटल ट्याक्सिसमा युनेस्कोको ४० औँ बैठकमा सहभागी हुन पुगेका ८ सदस्यीय टोली बसेको थिए ।

कूको बेलाको स्थिति बताउँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, ‘रातिको समयमा कर्फ्यु लागेकाले होटल पुरै बन्द गरियो । हामीलाई कतै नजान अलर्ट गरियो ।’ जताततै विद्रोही सेना र राष्ट्रपतिका समर्थकबीच भएको भीडन्तले मनै झसंग भयो, तैपनि टर्कीले विदेशी पाहुनालाई उच्चस्तरको सुरक्षा दिएकाले आफूहरुलाई कुनै समस्या नभएको दाहालले बताए ।

सरकारले कडा सुरक्षाको घेरामा राखेर पाहुनालाई लाने र लैजाने गरेको कारण पूर्ण सुरक्षाको अनुभूति भइरहे पनि कतै कुनामा डर भने रहिरहेको उनले स्मरण गरे । भ्रमण छोट्टाएर केही दिनअघि नै स्वदेश फर्कने तयारी गरेको नेपाली टोली विमानस्थल बन्द भएका कारण अन्तिम दिनसम्म बैठकमा सहभागी भएको थियो । कूको कारण बैठक सञ्चालनमा कुनै अवरोध नरहेको उनले बताए ।

मंगलबार बैठक सम्पन्न भएलगत्तै सबै राष्ट्रका प्रतिनिधि स्वदेश फर्किसकेका छन् । इस्तानबुल विमानस्थलबाट कुरा गर्दै बैठकमा सहभागी दाहालले भने, ‘यस्तो लाइभ भिडन्त कहिल्यै पनि देखेका थिएनौँ, तनावै तनावबीच बैठक सम्पन्न भयो ।’

विद्रोहीले ट्यांक सहित बमबारी गर्दात आफूहरुलाई केही हुने होकी जस्तो लागेको बताउँदै दाहालले भने, ‘तर धन्य टर्कीको सुरक्षा व्यवस्थित भएकाले केही भएन ।’ -नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ