२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुन कुन जिल्लामा भेटिए संक्रमित ?

२०७७, १३ जेष्ठ मंगलवार ११:५५

जेठ १३, काठमाडौं । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु महोत्तरी मनरा गाउँपालिका– १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुुइजना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका १ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीनजना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै रौतहट गौर नगरपालिकामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एक जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटकै देवाही गुनाइ नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर भित्रका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै रौतहटकै राजदेवि नगरपालिकाका २२ वर्षीया पुरुष, रौतहटकै गरुणा नगरपालिकाका एकजना २४ वर्षीया पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एकजना १८ वर्षीय पुरुष रहेका छन् । यस्तै सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् । यस्तै धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ ।

उनीहरु कपिलवस्तु मायादेवि ७ का दुुइजना २२ र ५० वर्षीया पुरुष, अर्घाखाँची कमलामाविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एकजना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोथ अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुईजना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालगञ्जमा थप ७ जनामा पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुडुवाका एक जना २०, २१, ३६, ४० वर्षीया पुरुष, बाँकेको राप्ती सोनारी वडा नम्बर ३ का एक जना ४६वर्षीया पुरुष,  वडा नम्बर ९ का एक जना ३८ वर्षीय पुरुष र बाँकेकै वैजनाथ ३ का ३० वर्षीय पुरुष रहेका छन् । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २ वर्षीया बालिकालगायत २९ वर्षदेखि ५५ वर्षका ३२ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर १, २ र ८ का रहेका छन् । उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्। मंगलबार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। हालसम्म कुल ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा