२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६१ जिल्लामा सङ्क्रमण, कुल २६६ जना डिस्चार्ज, एकै दिन ४५ जना डिस्चार्ज

२०७७, २० जेष्ठ मंगलवार १६:०८

जेठ २०, काठमाडौँ (रासस) | कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि  सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । आज देखिएको सङ्क्रमण अहिलेसम्मको बढी हो । 

यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

एकै दिन ४५ जना डिस्चार्ज

आज एकै पटक ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एकजना मकवानपुरका ५४ वर्षीय  महिला १०औँ दिनमा डिस्चार्ज भएकी हुन् । 

यस्तै गुल्मी अस्पतालमा रहेका एक ३१ वर्षीय पुरुष ८औं  दिनमा, भीम अस्पताल बुटवलमा रहेका २५ जना आज एकै दिन डिस्चार्ज भएका छन् । तीमध्ये १६ जना रुपन्देहीका ५ देखि ५० वर्ष उमेरका पुरुष तथा कपिलवस्तुका नौजना १९ देखि ३६ वर्ष उमेरका ११औंदेखि २१औं दिनमा डिस्चार्ज भएका हुन् । 

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ आँैदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२औं  दिनमा डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् । 

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको छ । ती सबै रौतहटका परोहा नगरपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाका आठ वर्षका एक बालिका र अरू ३७ जना १३ देखि ६० वर्ष उमेर समूहका छन् । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण देखिएको छ । ती स्याङजा चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाका पाँचजना १० देखि ४० वर्षका उमेर तथा पर्वत फलेवास र महाशिलाका पाँचजना १९ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् । 

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकजना सप्तरी रामगढका २० वर्षका पुरुष रहेका छन् । यस्तै भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । बर्दिया गुलरिया नगरपालिका तीनजना २० देखि ३४ वर्ष उमेर समूहका, बाँकेको खजुरा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका १७ जना १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । 

यस्तै प्रदेश अस्पताल सुर्खेत/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी र भेरीगङ्गा नगरपालिकाका २७ जनामध्ये ८ वर्षका बालिकादेखि ६० वर्षका तीनजना महिला तथा चार वर्षका बालकदेखि ६१ वर्षका २४ जना पुरुष छन् ।  

यस्तै दैलेख नारायण नपा, चामुण्डा विन्द्रासैनी नपा र नौमूले गापाका नौजना १७ देखि ३१ वर्षका पुरुष छन् । सल्यान वनगाड कुपिण्डे नपा र दार्मा गापाका १८ जना १७ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । अछाम चौरपाटी गापा र मङ्गलसेन नपाका १० मध्ये दुईजना २७ र ३० वर्षका महिला तथा आठजना २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।

कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा एकजना बारा देवताल गापाका १८ वर्षका पुरुष छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । दाङ बङ्गलाचुली नपा, राप्ती गापा र घोराही नपाका १७ जनामध्ये ११ देखि ४५ वर्ष उमेरका तीन महिला तथा १८ देखि ५५ वर्ष उमेर समूहका १४ जना पुरुष छन् । प्यूठान स्वर्गद्वारी नपाका एकजना ५९ वर्षीय पुरुष रहेका छन् । 

यस्तै सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । कञ्चनपुर नपा, पुनर्वास नपा र दीपशिला स्कुलमा रहेका क्वारेन्टिनमा आठजना २८ देखि ५० वर्ष उमेरका पुरुष छन् । 

कैलाली टीकापुर नपा, गौरीगङ्गा गापा र राजीपुर क्वारेन्टिनमा रहेका १० मध्ये १८ वर्षका एक महिला र २० देखि ६३ वर्ष उमेरका नौजना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा सङ्क्रमण पुष्टि भएको छ । धनुषा हंसपुर नपाका ६ जना १५ देखि ५० वर्ष उमेर समूह, महोत्तरी रामगोपालपुरका दुईजना २४ वर्ष र ४५ वर्षका पुरुष, रौतहट दुर्गाभगवोती, राजपुर फरदावा, गढीमाईका ३६ जनामा पुरुष १२ वर्षदेखि ४८ वर्षका रहेका छन् । सर्लाही वलरा, ब्राम्पुरीका २१ जना पुरुष १३ देखि ४० वर्ष उमेर समूह, सिराहा सूर्यनारायण सत्यनारायण मरवैताका १७ जना पुरुष १६ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । 

यस्तै भक्तपुर चाँगुनारायाण नपाका एकजना ३० वर्षका महिला छन् । धादिङको हाल परोपकार प्रसूति अस्पताल थापाथलीमा रहेकी एकजना २३ वर्षकी महिला रहेका छन् । यस्तै कपिलवस्तु चन्द्रौटा नपाका १६ जनामध्ये १९ वर्षदेखि २८ वर्षका तीन महिला र १७ देखि ४१ वर्षका १३ जना पुरुष छन् । 

काठमाडौँ मेडिकल कलेजका चारजनामा पनि सङ्क्रमण देखिएको छ । ती २४ देखि ३२ वर्षका तीन महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्व बुलिङटार गापाका एकजना १६ वर्षका पुरुष, नवलपरासी पश्चिमका एकजना २२ वर्षका पुरुष, नुवाकोट मेघान गापाका दुईजना १७ वर्ष र ३२ वर्षका दुई तथा रुपन्देही सैनामैना नपा र मायादेवी नपाका १० जना १५ देखि ५१ वर्षसम्मका पुरुष छन् । अहिलेसम्म ७५ हजार ३४३ जनाको पिसिआर र एक लाख १६ हजार ३४५ जनामा आरडिटी परीक्षण गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु