१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमणबाट १८ हजार ६५५ को मृत्यु, सङ्क्रमित संख्या ६ लाख नाघ्यो

२० असार २०७७, शनिबार ११:३९

असार २०, नयाँ दिल्ली (रासस/सिन्हवा)। भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्ति अनुसार “शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” 

शुक्रबार विहानसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २१३ रहेको थियो । शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल