२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च, कुन देशमा कति संक्रमित ?

२०७७, २१ असार आईतवार ०८:२३

असार २१,जेनेभा (रासस/सिन्ह्वा)। विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । 

सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।

रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ सङ्क्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ सङ्क्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।

यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित