साउन ९, काठमाडौं | युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं | युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता "/>
२०८३, ७ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

युरेनियम उत्खननको सम्बन्धमा सरकारबाटै राष्ट्रिय गोपनीयता भंग

२०७३, ९ श्रावण आईतवार ०१:१०

साउन ९, काठमाडौं | युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ । 

मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको  निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो। 

सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई सरकारले बाहिर ल्याएकोमा असन्तुष्ट देखिएका छन्। ‘ युरेनियम लगायत सम्भावित खानी क्षेत्रको सुरक्षामा सेना परिचालन गर्ने निर्णय सकरात्मक भएपनि यस्तो निर्णय उजागर गर्नु आवश्यक थिएन,’ पूर्व रथी सीबी गुरुङले भने। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रस्तावमा युरेनियम रहेको क्षेत्रको सुरक्षामा सेना तैनाथ गर्ने निर्णय गरेको छ । औपचारिक रुपमा पत्र पाएपछि त्यस क्षेत्रमा जनशक्ति परिचालन गर्ने सैनिक मुख्यालयले जनाएको छ। 

युरेनियमको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकिलो २२ करोड अमेरिकी डलरसम्म पर्छ। नेपालमा मुस्ताङ लगायतका अन्य स्थानमा ५० टन भन्दा बढी युरेनियम उत्पादन  गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ। - कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ