साउन ११, काठमाडौँ | आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ | आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकु"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मजदुर नेता’ले जलाईदिए मजदुरकै सपना

११ श्रावण २०७३, मंगलवार ००:५७

साउन ११, काठमाडौँ | आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए। झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए ।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो। लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे। मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले। अर्को पछाडि उभिएका थिए। अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन्। एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो। 

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्ल थालेपछि उनी आगो निभाउनतिर लागे। त्यही मौका छोपेर दुवै जना भागे। दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो। ऋण जस्ताको तस्तै छ।

‘अगाडि बसेको व्यक्तिले २ सय ५० दिन्छु जाउँ भन्दै थिए,’ मलिन स्वरमा खत्रीले सोमबार बिहानको घटना सुनाए,‘जान्न भन्दाभन्दै पछाडि उभिएको व्यक्तिले सलाई कोरेर ट्याक्सीमा फालेर भाग्यो।’

केही छिनपछि आएको दमकलले ट्याक्सीमा लागेको आगो त निभायो । तर त्यतिन्जेलसम्म ट्याक्सीका केही भागमात्रै बाँकी थिए। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान