Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीको राजीनामापछि भारतमा खुसियाली, भारतीय मिडियाले के लेखे ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, काठमाडौं | भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ। भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालवाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको भेटिँदैन।

‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दै छन्,‘एसिया टाइमम्स अनलाइनमा भारतीय पूर्वकुटनीतिज्ञ एमके भद्रकुमार लेख्छन्,‘भारतले आफ्नो स्वार्थ  पूरा गर्न काठमाडौंको सत्ता परिवर्तनका लागि पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।’

उनले डेढ वर्षअघि चीनसँग निकट श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको सत्ता बहिर्गमन हुँदा नयाँ दिल्लीमा सुसियाली मनाइएझै यसपाली काठमाडौँमा ओली नेतृत्वको सत्ता परिवर्तन हुँदा पनि दिल्लीमा खुसियाली मनाइएको लेखेका छन्।