Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौँ महानगरपालिकाले दियो घरजग्गा करमा छुट

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ ।

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले कर असुलीमा केही छुट गरेको हो । यसअघि करदाताले मूल सडकभित्र रहेका तीन आनासम्म जग्गाका लागि रु तीन हजार र त्यसभन्दा माथिको लागि प्रतिआना रु एक हजार ५०० तिर्नुपर्ने व्यवस्था रहेको थियो ।

मूल सडकको हिसाबमा प्रतिआना रु एक हजार र एक रोपनीभन्दा बढी जग्गा भएकामा रु २० हजार मात्र तिरे हुने व्यवस्था नगरवासीको लागि गरेको छ । त्यसैगरी, सहायक पिच सडकको लागि प्रतिआना रु ८०० लिने र बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको जग्गाको हकमा तीन आनासम्मको लागि रु दुई हजार निर्धारण गरेको छ ।

गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको दुवैलाई तीन आनासम्मका लागि रु एक हजार र त्यसभन्दा बढीलाई प्रतिआना रु ८०० लिने गरेकामा अब प्रतिआना रु ३०० र एक रोपनीका लागि बढीमा रु सात हजार लिने निर्णय छ ।

मझौला करदातालाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले आव २०७१/७२ मा तिरेको रकम १५ प्रतिशत बढी कर तिर्नु नपर्ने व्यवस्थासँगै भूकम्पबाट घरजग्गा पूर्ण क्षति भई ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाको हकमा पनि घरजग्गा कर नलिने तर उक्त घर बस्नको लागि योग्य रहेको छ भने उक्त सुविधा नदिने व्यवस्था गरेको छ ।

त्यस्तै, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र सवारी करको हकमा चालु आवको असोज मसान्त सम्ममा कर तिरेमा लाग्ने शुल्कको रु १० प्रतिशत छुट गरेको राजस्व महाशाखाले जानकारी दिएको छ । रासस