साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकाले दियो घरजग्गा करमा छुट

११ श्रावण २०७३, मंगलवार ०२:३०

साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । 

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले कर असुलीमा केही छुट गरेको हो । यसअघि करदाताले मूल सडकभित्र रहेका तीन आनासम्म जग्गाका लागि रु तीन हजार र त्यसभन्दा माथिको लागि प्रतिआना रु एक हजार ५०० तिर्नुपर्ने व्यवस्था रहेको थियो । 

मूल सडकको हिसाबमा प्रतिआना रु एक हजार र एक रोपनीभन्दा बढी जग्गा भएकामा रु २० हजार मात्र तिरे हुने व्यवस्था नगरवासीको लागि गरेको छ । त्यसैगरी, सहायक पिच सडकको लागि प्रतिआना रु ८०० लिने र बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको जग्गाको हकमा तीन आनासम्मको लागि रु दुई हजार निर्धारण गरेको छ । 

गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको दुवैलाई तीन आनासम्मका लागि रु एक हजार र त्यसभन्दा बढीलाई प्रतिआना रु ८०० लिने गरेकामा अब प्रतिआना रु ३०० र एक रोपनीका लागि बढीमा रु सात हजार लिने निर्णय छ । 

मझौला करदातालाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले आव २०७१/७२ मा तिरेको रकम १५ प्रतिशत बढी कर तिर्नु नपर्ने व्यवस्थासँगै भूकम्पबाट घरजग्गा पूर्ण क्षति भई ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाको हकमा पनि घरजग्गा कर नलिने तर उक्त घर बस्नको लागि योग्य रहेको छ भने उक्त सुविधा नदिने व्यवस्था गरेको छ । 

त्यस्तै, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र सवारी करको हकमा चालु आवको असोज मसान्त सम्ममा कर तिरेमा लाग्ने शुल्कको रु १० प्रतिशत छुट गरेको राजस्व महाशाखाले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार