साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

राष्ट्रसङ्घद्वारा अगस्टमा सिरियाबारे पुनः वार्ता सुरु गर्ने

११ श्रावण २०७३, मंगलवार १८:०४

साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ । 

पटकपटक भएका वार्ता सिरियाको द्वन्द्व अन्त्य गर्न असफल भए पनि द्वन्द्वरत पक्षलाई वार्ताको विकल्प नभएको निष्कर्षमा पु¥याएको बताउँदै अब हुने वार्ताले सिरियाको आन्दोलनलाई अन्त्य गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रसङ्घका सिरिया प्रमुख मिस्टुराले बताउनुभयो । 

हामी अगस्टको अन्त्यतिर सिरियामा द्वन्द्वरत पक्ष र बसर अल असदको सत्ताबीच तेस्रो चरणको वार्ता प्रक्रियालाई अगाडि बढाएर सन् २०११ देखि जारी द्वन्द्वलाई अन्त्य गर्ने कार्यमा जुटेका छौँ, उहाँले थप्नुभयो । 

मिस्टुराले सिरियामा द्वन्द्वरत केही विद्रोहीसमूहलाई सहयोग पुर्याउँदै आएको संयुक्त राज्य अमेरिका र असदलाई सहयोग पु¥याउँदै आएको रसियाका उच्च अधिकारीसँगको छलफलपछि सो कुरा बताउनुभएको हो । 

दुवै देशसँगको कुराकानीपछि पुनः सुरु गरिने वार्ताले सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने आसा पलाएको छ । सिरियामा जारी द्वन्द्वका कारण करिब एक लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । हजारौँ अपाङ बनेका छन् भने सिरियाको जनसङ्ख्याको आधा जनसङ्ख्या आन्तरिक एवम् बाह्य गरी विस्थापित भएको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार