साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौड"/>
२०८३, ८ जेष्ठ शुक्रबार
काठमाडौँ - KTM

आकर्षक निकायमा सरुवाको माग गर्दै एक हजार निवेदन

२०७३, १२ श्रावण बुधबार ०१:४९

साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौडधु थालेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालयस्तरको सरुवाका लागि आवेदन मागेसँगै सयौं कर्मचारी आकर्षक निकायमा जान दौडधुपमा लागेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश कर्मचारीलवे आकर्षक मानिएका संघीय मामिला ताथ स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार, गृह, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायमा सरुवाका लागि सामान्यमा निवेदन दिएका छन् । निवेदन दिनेमा ७० प्रतिशत राजपत्र अनंकित का र बाँकी ३० प्रतिशत अधिकृत र उपसचिवस्तरका छन् ।

हाल सामान्यले विभिन्न मन्त्रालय र निकायमा रहेका कार्यालय सहयोगीदेखि उपसचिवस्तरका कर्मचारीको सरुवा गर्ने तयारी गरेको छ ।  

निजामती सेवा एनअनुसार सामान्य प्रशासन मन्त्रालये प्रत्येक वर्षको साउन महिनामा अन्तरमन्त्रालयस्तरका कर्मचारी सरुवा गर्ने गर्छ ।

सोहीअनुसार सामान्यले गत ३ साउनमा अनलाई प्रणलीमार्फत कर्मचारीसँग सरुवाका लागि निवेदन आहृवान गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालले मंगलबारसम्म एक हजारभन्दा बढी कर्मचारीले सरुवा माग गर्दै निवेदन दिएको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार निवेदन दिएकामध्ये ९० प्रतिशतले अर्थमन्त्रालय मातहतका निकायमा सरुवा मागेका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ