पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १३, (रासस÷एपी) ः अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उहाँका समर्थकहरुले विश्वभरीबाट उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।