२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनका राजकुमारलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति

२०७७, १५ भाद्र सोमबार १५:२९

 भदौ १५, काठमाडौँ (रासस) । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । 

कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका  विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ । 

मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान (चार्टर फ्लाइट)बाट नेपाल आउन अनुमति दिइएको छ,” उहाँले भन्नुभयो । 

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरुपमा १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँबाटै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उहाँले बताउनुभयो । 

सरकारले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरिएको छ भने सहायक रथी अरुणकुमार पालको राजीनमा स्वीकृत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने