साउन १२, अफगानिस्तान  । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, अफगानिस्तान  । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १"/>
२०८३, ७ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

उत्तरी अफगानिस्तानमा तेह्र आतङ्ककारी मारिए

२०७३, १२ श्रावण बुधबार ०९:११

साउन १२, अफगानिस्तान  । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १३ आतङ्ककारी मारिएका छन् । 

कुन्दुजको प्रान्तको प्रान्तीय प्रहरी विभागले एक विज्ञप्ति प्रकाशित गरी बुधबार सो जानकारी दिएको छ । 

कुन्दुज प्रान्तको आर्ची जिल्लाको कार्लुक इलाकामा मङ्गलबार राति संयुक्त अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा तीन आतङ्ककारी मारिनुको साथै अन्य दुई घाइते भएका प्रहरीद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी मङ्गलबार नै अफगान सेनाको पनि समर्थन रहेको संयुक्त सुरक्षा बलले तालिवान आतङ्ककारी लुकेर बसेको इलाका कलाए ई जालमा युद्धविमानद्धारा गरिएको आक्रमणमा १० आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । 

सन् २००१ मा शासन सत्ताबाट बाहिरिएका तालिवान आतङ्ककारी समूहले एबुम्स र आत्मघाती आक्रमणगरी बारम्बार सर्वसाधारण र सुरक्षा अधिकारीहरुको हत्या गर्ने गरेका छन् । रासस/सिन्हवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने