२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिस्थितिले विदेशिएका लोकगायक : कोरियामा सिके, नेपालमै कमाए

२०७७, २३ भाद्र मंगलवार ०४:१३

कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्यो भालु

हमालको फेसन अरे, भन्छन् कपाल पालु

अरूका दाजुचाहिँ जागिर खान्छन्,

हाम्रा दाजुचाहिँ जाँड खान्छन् ।

कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको तरङ्ग दिमागमा आइसक्छ भने गीत नजानेका र नसुनेका व्यक्तिलाई पनि व्यङ्ग्य मिश्रित यी शब्दले तानेरै छाड्छ । यस्ता सामाजिक विषयवस्तुमाथि गीत रचना गर्ने र गाउने व्यक्ति हुनुहुन्छ इलामे गायक प्रकाश बस्नेत ।

 देउमाई नगरपालिकास्थित राँकेका प्रकाश यी र यस्तै गीत गाउँदै कुनै बेला साङ्गीतिक दुनियाँमा रम्नुहुन्थ्यो । समाजमा घटेको घटनालाई टपक्कै टिपेर गीतमा रूपान्तरण गर्ने प्रकाशका गीतले दुई दशकअघि बच्चादेखि वृद्धसम्मलाई छुन्थे । समसामयिक विषयलाई ‘चोटिलो व्यङ्ग्य’ गर्ने प्रकाशका शुरुआतकै गीतले ‘वाहवाही’ बटुलेपछि दशकसम्म साङ्गीतिक क्षेत्रमै रम्नुभयो । विसं २०५८ पछि साङ्गीतिक क्षेत्रमा पस्नुभएका उहाँले यी मात्र होइन, ‘लगन जुरेन, साइतै जुरेन ः यसपालि त मामा घर जाने हो’ जस्ता गीतमा शब्द र सङ्गीत दिनुभयो भने आधा दर्जन गीतमा आफैँ अभिनय गरेर दर्शकमाझ छाउनुभयो ।

म्युजिक भिडियोमा पनि गीतकै सुरमा अभिनय गर्न सक्ने प्रकाशले आफ्नो अपेक्षाभन्दा माथिको प्रशंसा पाउनुभयो । विशेषगरी गाउँघरका विवाह र सांस्कृतिक कार्यक्रममा मनोरञ्जनका राम्रै साधनमा पर्थे प्रकाशका गीत । ग्रामीण समुदायका झझल्को दिने ती गीत दर्शक नचाउनका लागि अचुक ओखती बने । साङ्गीतिक क्षेत्रमै समय दिएर प्रकाशले कतिपय व्यङ्ग्यात्मक गीतसमेत रच्नु र गाउनुभयो । यिनै गीतले प्रकाशलाई रचनाकार, गायक, सङ्गीतकार हुँदै ‘मोडल’ सम्म बनायो ।

परिस्थिति कोल्टो पर्दा

यति प्रख्यात प्रकाश लामो समय साङ्गीतिक दुनियाँमा रम्न सक्नुभएन । राज्यको तत्कालीन परिस्थिति र साङ्गीतिक क्षेत्रको बदलिँदो परिवेशले प्रकाश यही क्षेत्रमा टिक्नु भएन । साङ्गीतिक क्षेत्रमा लाग्दादेखिकै सरकार–माओवादी द्वन्द्व र साङ्गीतिक क्षेत्रमै आएको उतारचढावले प्रकाशलाई निरुत्साहित मात्र गराएन पलायन हुन बाध्य बनायो ।

“मेरा लागि समय नै सही थिएन”, प्रकाशले भन्नुभयो, “मैले गीतबाट पैसा कमाउन एल्बम र सिडी बेच्नुपथ्र्यो तर समय म्युजिक भिडियोको आइसकेको थियो ।” परिस्थितिलाई सामना गर्न नसक्दा प्रकाश दर्शकमाझ चिनिए पनि अर्थोपार्जन भने भएन । एकातिर एल्बम बेच्न नसकेर आर्थिक मन्दी चलिरहेका बेला बदलिँदो राजनीतिक परिस्थितिले साङ्गीतिक कार्यक्रम गर्ने माहोल पनि बनेन । सबैतिरको समस्याले प्रकाशले साङ्गीतिक क्षेत्रबाट पलायन हुनुपर्यो । “मान्छे बाँच्नका लागि आदर्श होइन, यथार्थ मुख्य हुँदोरहेछ”, प्रकाशले विगत सम्झनुभयो, “दर्शक र स्रोताले राम्रै भने पनि गोजीमा पैसा नभएपछि पलायन नभएर के गर्नु र !”

विकल्पमा विदेश

आफूले बुझेको र लामो समय गुजारेको साङ्गीतिक क्षेत्र छाडेर जान प्रकाशलाई सहज त थिएन तर परिबन्धले बाँधेपछि कसको के लाग्यो र ! फेरि के गर्ने÷कता जाने भन्ने अन्योलका प्रश्न नजन्मिने कुरा पनि भएन । परिवारको सल्लाह मान्दै प्रकाशका लागि अर्को अवसरको क्षेत्र जुर्यो– वैदेशिक रोजगार । आफ्नै मामा वैदेशिक रोजगारका क्रममा दक्षिण कोरियामा भएकाले प्रकाश पनि त्यहीँ जानुपर्ने सल्लाह परिवारबाट आयो । परिस्थितिले बाँधेपछि उहाँले नाइँ भन्न सक्ने कुरा पनि भएन । अब प्रकाशले आफ्ना दर्शक÷स्रोता मात्र नभई मित्र र परिवारसमेत चटक्कै छाडेर कोरिया हान्निनुपर्ने भयो ।

प्रकाश कोरिया त जानु भयो तर उहाँले सोचेजस्तो भएन । एकातिर आफ्नो देशको जस्तो हावापानी मिलेन भने साथी÷सहकर्मी थिएनन् । ‘फगत’ एक्लो ज्यान काममा खट्नुपर्ने भएपछि प्रकाशलाई त्यहाँ बस्न मनै भएन । परिवारको माया, साथीभाइको सम्झनाले तान्न थाल्यो तर त्यहाँ तीन महिना बस्दा भने प्रकाशलाई ‘पैसा भन्ने चिज नेपालमै कमाउन सकिन्छ’ भन्ने लाग्न थाल्यो । ठूलो लगानी र धेरै परिश्रम बगेकाले त्यति सजिलै नेपाल फर्किन सक्ने कुरा थिएन तर पनि उहाँ डेढ वर्षमै घर फर्किन बाध्य हुनुभयो ।

भाषा पढाएर ‘मालामाल’

‘पैसा’ नेपालमै कमाउने भन्ने सपना बोकेर प्रकाश घरै फर्किनुभयो । घर फर्किएपछि जिल्ला सदरमुकाम बस्ने र कोरियाली भाषा पढाउने निष्कर्षमा प्रकाश पुग्नुभयो । आर्थिक स्रोतको गतिलो माध्यम कोरियाली भाषा अध्यापन हुनसक्ने बुझेपछि उहाँ निरन्तर भाषा पढाउन लाग्नुभयो । 

खाडी मुलुक भौँतारिनेको लहड बढेका बेला कोरिया जान धेरै युवा ताम्सिए । एक्ला प्रकाशले सबैलाई अध्यापन गराउन सक्ने कुरा त भएन तर हिम्मत भने हार्नुभएन । निरन्तर २० घण्टासम्म खट्दै उहाँले धेरै विद्यार्थी सफल बनाउनुभयो । धेरैका ‘ज्ञानका गुरु’ बन्नुभएका प्रकाशको आर्थिक पाटो पनि राम्रै गरी सप्रियो । कमाइ भएसँगै उहाँलाई लगानीयोग्य क्षेत्रमा रकम लगाउन मन लाग्यो ।

यत्तिकैमा प्रकाशले आफ्नै गाउँ राँकेमा ठूलै रकममा होटल खोल्ने विचार गर्नुभयो । आफ्नै जग्गामा रु तीन करोड लगानी गर्दै चारतले घरसहित बस्नेतले अहिले होटल सञ्चालनमा ल्याउनुभएको छ । अढाइ वर्षअघि खोलेको होटलमा अहिले उल्लेखनीय आम्दानी दिइरहेको छ । “लगानी गरेअनुसारको आम्दानी राम्रै छ । ग्रामीण क्षेत्र हो अरू क्षेत्रजस्तो त कहाँ हुन्छ र तर पनि चलेकै छ”, प्रकाश भन्नुहुन्छ, “स्थानीय खाद्य परिकारलाई प्राथमिकतामा राखेर होटल सञ्चालन गरेको छु । साथीभाइको सहयोगले पनि राम्रै भएको छ ।”

बाहिरी खाद्य परिकारलाई भन्दा पनि स्थानीय वस्तुलाई प्राथमिकता दिन थालेपछि होटलमा ग्राहकको समेत आगमन बढेको बस्नेत बताउनुहुन्छ । अहिले उहाँको होटलमा दैनिक ५० भन्दा बढी मानिसको बसोबास हुन्छ । “मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा जानेको ठूलै सङ्ख्या होटलमा बस्छ । सबैलाई ग्रामीण परिवेशको खानेकुरा खुवाउँदा ग्राहकसमेत निकै खुशी हुन्छन्”, प्रकाश भन्नुहुन्छ ।

‘कमब्याक’ योजनामा प्रकाश

लामो समय साङ्गीतिक क्षेत्र छाड्नुभएका प्रकाश अब भने ‘कमब्याक’ हुने योजनामा हुनुहुन्छ । आफ्नो ‘स्वर्णिम’ समय सोही क्षेत्रमा गुमेको र साथी÷सहकर्मी पनि कमाएकाले साङ्गीतिक क्षेत्रमा पस्ने प्रकाशको उद्देश्य छ ।

“अहिले पनि साइटबाट काम त गरिरहेकै छु । धेरै गीतमा सङ्गीत भरेको छु”, प्रकाश भन्नुहुन्छ । अहिले फुर्सदको समय आफूले सामाजिक काम र साङ्गीतिक कार्यक्रममै दिँदै रहेको प्रकाशको भनाइ छ तर यतिमात्र होइन, एकपटक साङ्गीतिक क्षेत्रमै पसेर पुनः दर्शकमाझ चिनिने योजना छ प्रकाशको । साङ्गीतिक दुनियाँबाटै चिनिएका प्रकाशलाई अझै पनि साङ्गीतिक ‘धङधङी’ भने ताजै छ । यसले गर्दा पनि दर्शक÷स्रोतसामु आफू पुग्ने प्रकाशको भनाइ छ । “म आफूलाई त्यति अब्बल दर्जाको गायक त ठान्दिनँ”, प्रकाश भन्नुहुन्छ, “काम गर्दा साङ्गीतिक क्षेत्रमा गुमनामचाहिँ हुन्नँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने