साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् "/>
२३ मंसिर २०८२, सोमबार
अर्थ/विकास

केबलकारमा मनपरि भाडा, सरकार उदासिन

१२ श्रावण २०७३, बुधबार ११:०७

साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् । 

विसं २०५४ मङ्सिर ८ गतेदेखि नेपालमा केबलकार सञ्चालनमा आए पनि अहिलेसम्म सार्वजनिक यातायातको भाडा निर्धारण गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको छैन । विसं २०५३ कात्तिक २२ गते कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागमा दर्ता गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म ३.२ किमी दूरीमा केबलकार चलाइएको थियो । 

केबलकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायातका रुपमा उल्लेख नगरिएकाले अहिलेसम्म विभागले भाडा निर्धारण नगरेको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । “केबलकारलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि ल्याउने गृहकार्य गरेको छ, कार्यविधि जारी भएपछि व्यवस्था भएअनुसार भाडा निर्धारण गरिनेछ,” उनले भने । 

हाल मुलुकमा दुईवटा ठाउँमा केबलकार सञ्चालनमा छन् भने दर्जन बढीठाउँमा सञ्चालनका स्वीकृति लिई निर्माणको प्रक्रियाका लागि यातायात मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । पहिलो मनकामना केबलकारका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ कम्पनीकै तर्फबाट भाडा निर्धारण गरी लिने गरेको बताए  । 

“साउनदेखि कुरिनटारबाट मनकामनासम्म दुईतर्फी रु ६४० र एकतर्फी रु ३८५ भाडा निर्धारण गरिएको छ, यसअघि दुईतर्फी रु ५७५ र एकतर्फी रु ३४५ लिइन्थ्यो, भाडा निर्धारणका लागि यातायात व्यवस्था विभागसँग कुनै सम्बन्ध राखिएको छैन,” उनले भने । मनकामना केबलकारमा वार्षिक १० लाख यात्रुले यात्रा गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले उठाएको भाडाको एक/एक प्रतिशत चितवन र गोरखा जिल्ला विकास समितिलाई बुझाइन्छ । 

केबलकार चढेर मनकामना दर्शन गर्न जाने यात्रु भने लगानी र खर्चका आधारमा कम्पनीले बढी नै भाडा उठाएको गुनासो गर्दैआएका छन् । केबलकार कुन सरकारी निकायले नियमन गर्ने भन्ने अन्योल रहेका कारण सरकारीस्तरबाट उपयुक्त भाडा निर्धारण नभएको यात्रु अरुण पौडेलको गुनासो छ । सञ्चालनको कार्यविधिको यातायात मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । 

सो जिम्मेवारीसँगै यसअघि पर्यटन विभागले केबलकार स्वीकृतिका लागि गरेको कामको स्वामित्व यातायात मन्त्रालयमै हस्तान्तरण भएको प्रवक्ता देवेन्द्र कार्कीले बताए । विसं २०७३ वैशाख १ गतेदेखि चन्द्रागिरि हिल्स लिमिटेडले थानकोट गोदामदेखि चन्द्रागिरिडाँडासम्म २.५ किमी दूरीमा केबलकार परीक्षण सुरु गरेको छ । 

लिमिटेडले सरकारी निकायसँग भाडा निर्धारण गराएर मात्र सार्वजनिक रुपमा यात्रुका लागि खुला गर्ने तयारी गरेको कार्यकारी बिक्रेता इन्दिरा पौडेलले बताइन । मन्त्रालयका सहसचिव विष्णुओम वादेले कार्यविधि आएपछि केबलकारको भाडा निर्धारणको काम यातायात व्यवस्था विभागले गर्ने गरी व्यवस्था गर्न लागिएकोबताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम