पढ्न करिब 1 मिनेट लाग्छ

साउन १३, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसरलाई सदुपयोग गर्न पार्टीका लागि अन्तिम अबसर भएको बताएका छन् ।

उनले यसपटक अवसरलाई सकारात्मक रुपमा प्रभावकारी तुल्याउनु पर्ने आवश्यकता भएको बताउँदै नत्र अवसरका रुपमा मात्र सीमित हुने बताएका हुन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्याल्यको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकार जोगाउन सबै उपाय अबलम्बन गरेपनि असफल भएपछि मार्ग प्रशस्त गरेको बताएका थिए।

प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीजीले सकेको जति सबै गर्नुभयो केही सीप नलागेपछि मार्ग प्रशस्त गर्नु भएको हो।’

प्रचण्डले संविधान कार्यान्वयन, पुनर्निर्माण र विभिन्न तहको निर्वाचन सम्पन्न गर्न तराई मधेसको माग सम्बोधन लगायतका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताएका थिए। - नेपाल समाचार पत्र