साउन १३, काठमाडौं | प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श  थालेका छन्। 

सत्ता गठबन्धनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं | प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श  थालेका छन्। 

सत्ता गठबन्धनक"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार सञ्चालन गर्न बिशेष योजना बनाउँदै प्रचण्ड

२०७३, १३ श्रावण बिहीबार ००:४७

साउन १३, काठमाडौं | प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श  थालेका छन्। 

सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका प्रचण्डले विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नु पर्ने नीतिका बारेमा परामर्श थालेका हुन्। 

‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलार्इ सल्लाह दिनुस्,’प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने। तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानु पर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ। 

संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा संशोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनु पर्ने, भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नु पने, भूकम्प पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नु पर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनु पर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावानलाई प्राथमिकता दिन नेताहरुले सुझाव दिन थालेका छन्। -अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार